काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि पहिले सेयर जारी गर्नेछ । योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीको सेयरमा मूल्य रेञ्ज न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म तोकिएको छ ।
यो मूल्य रेञ्जमा रहेर अब योग्य संस्थागत लगानीकर्ताबाट आवेदन माग हुनेछ । संस्थागत लगानीकर्ताले आवेदन दिइसकेपछि कटअफ प्राइस निर्धारण हुनेछ । सोही कटअफ प्राइसको १० प्रतिशत न्यून मूल्यमा पछि सर्वसाधारणलाई जारी हुनेछ ।
कम्पनीले संस्थागत लगानीकर्तालाई जम्मा ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गर्नेछ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






