काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि पहिले सेयर जारी गर्नेछ । योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीको सेयरमा मूल्य रेञ्ज न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म तोकिएको छ ।
यो मूल्य रेञ्जमा रहेर अब योग्य संस्थागत लगानीकर्ताबाट आवेदन माग हुनेछ । संस्थागत लगानीकर्ताले आवेदन दिइसकेपछि कटअफ प्राइस निर्धारण हुनेछ । सोही कटअफ प्राइसको १० प्रतिशत न्यून मूल्यमा पछि सर्वसाधारणलाई जारी हुनेछ ।
कम्पनीले संस्थागत लगानीकर्तालाई जम्मा ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गर्नेछ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





