रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।
सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी गरेका छन् । अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए । 'यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने रु १२ लाख कमाउँछु', किसान खड्काले भने ।
सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट एक सय ८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ । उनले बिक्री भएको महबाट रु तीन लाख २४ हजार आम्दानी गरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उनले भने 'यो याममा रु सात लाख बराबरको आम्दानी हुने भएको छ ।'
एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।
सिस्ने –३ मा यो याममा रु ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए ।
गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट छ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिले नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उनले बताए । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि रु एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने सो कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





