काठमाडौं । सिजि मोटर्सले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।
हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाख रुपैयाँ रहने छ । स्वीच टु द प्योर ईभी नारा दिइएको उक्त एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भिको प्रवर्द्धन गर्नु मात्र नभइ पुराना एवं प्रदुषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको छ ।
नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टि छ । जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भिको प्रयोग गर्न सक्नेछन् । नेटा भी हाल नयाँ ५० किवाको एलएफपी ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध छ ।
उक्त मेगा एक्सचेन्ज क्याम्प छोटो समयकालागि मात्रै रहेको पनि कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





