काठमाडौँ । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
साथै, साधारणसभाले ज्योति विकास बैंकको सर्वसाधारण शेयरधनी समुह तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ। सभाले बैंकको आ.व. २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।
साधारण सभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरेका थिए । यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समिक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए । साथै बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीले आ-आफ्नो जिज्ञासा र सुझाव दिएका थिए । सेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा रु ६२ करोड ७५ लाखको उल्लेखनीय योगदान पुर्याएको छ। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




