काठमाडौँ । नेविसंघले सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न सहकारी विभागमा माग राखेको छ ।
नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । सहकारी विभाग अगाडी उजुरी दर्ता गरे सँगै नेविसंघले विभिन्न नाराहरू सहित प्रदर्शन समेत गरेको छ । सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको नेविसंघले बताएको छ ।
नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको नेविसंघले जनाएको छ । नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई सहकारी घोटालाको तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल,नर बहादुर भण्डारी, सरोज थापा, प्रविन जमकट्टेल, अनुराग शाह, एनपि जोशी, आकाश जंग कुवर, अभिषेक दाहाल, धर्मेन्द्र शाही, निर्मला शाह, निलम बोगटी, मोहन कालाथोकी, ई.योगेश मोक्तान, नेविसंघ काभ्रे जिल्ला अध्यक्ष अन्जनराज खतिवडा, नेविसंघ ललितपुर अध्यक्ष सरोज घोरासैइनी नेविसंघ नेता जयेन्द्र विश्वकर्मा, राजेन्द्र चटौत लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




