काठमाडौं । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको श्री माउन्टेन ग्लोरी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी श्री एल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००/- अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।
जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ । निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





