घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार आंशिक बढेको सुनको मूल्य कारोबार साताको पहिलो दिन आज आइतवार भने तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य भने आज स्थिर रहेको  छ । शुक्रबार तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै