काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ ।
महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले नगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ कार्यक्रम बूढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने जानकारी दिएका छन् ।
उनले भने, “महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन् ।”
उनका अनुसार विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रङ्गमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमसमेत महोत्सवमा हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





