कृषि विकास बैंकले 'एडिबिएल स्मार्ट प्लस एप' मा कर्जाको नयाँ सुविधा सुरू गरेको छ।
यस सुविधामार्फत् योग्य ग्राहकले २ लाख रूपैयाँसम्म प्रत्यक्ष रूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरूले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि इएमआइ आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानको विकल्प पनि रहने छ।
एडिबिएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरूले बाइ नाओ, पे लेटर (बिएनपिएल) सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
बिएनपिएल सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ। यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ।
त्यसैगरी ग्राहकहरूले 'कनभर्ट टु इएमआई' सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरूले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन्।
यस सेवा प्रयोग गर्न ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडिबिएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन्।
कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरू जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको लगायतका आधारमा सफ्टवेरमार्फत् तय गरिन्छ।
योग्य ग्राहकहरूको आफ्नो मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटम देखा पर्नेछ। ग्राहकहरूले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरू प्राप्त गर्न सक्नेछन्।
यो सेवा सुरू गरेपछि सरकारी बैंकहरूमध्ये फोनलोन सेवा सञ्चालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको बैंकको दाबी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





