काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको छ।
गरिमा विकास बैंक र यस बैंकमा गाभिनुपूर्व साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास बैंकको साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएको भन्दै लिन आग्रह गरेको हो।
यसका लागि शेयरधनीले गरिमा विकास बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
साथै, ३५ दिनभित्र आर्थिक वर्ष २०७४।०७५ सम्मको नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





