काठमाडौँ । एभरेष्ट बैंकले देशका स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकको पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।
आज मिति २०८१ साल वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य माननीय श्री मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक श्री लवप्रसाद कुइकेलले संयुक्त रुपमा गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष श्री वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष श्री मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक श्री राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक श्री शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज श्री विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक श्री कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।
साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने छन् ।
- साधारण बचत खाता (न्युनतम मौज्दात) रु. १००/–
- चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००/–
- तलबी बचत खाता – शुन्य मौज्दात
- नारी बचत खाता – रु. १,२५०/–
- डेबिट कार्ड, SMS Alert सेवा, मोबाईब बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






