नबिल बैंक लिमिटेडले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।
यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु.१ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट निष्कासन गर्न थालिएको हो ।
सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




