काठामाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले प्राप्त गरेको छ। बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।
खानामा राखिने सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुल बाबू श्रेष्ठ कार्यरत छन् ।
सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको सुरुवात गरेका थिए ।यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।
सन् २०१६ मा फेरी उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रहि एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





