काठमाडौं । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु भएको ६ महिनामै आईएमई इलेक्ट्रिक ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुन सफल भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो ।
छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भए पछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको कम्पनीको भनाइ छ ।विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ ।
१५० वर्षभन्दा लामो समयदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाइपर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।
मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा आयोजना गरेको एलिट क्लब कन्फ्रेन्समा भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रह्यो ।
उल्लेख्य बिक्री बढाए बापत डिस्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको छ । आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे ।
आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको कार्यलाई समेत उनले धन्यवाद दिए । मोटुल इन्डियाका सीईओ नागेन्द्र पाईले ‘महत्त्वपूर्ण उपलब्धि सहित एलिट क्लबमा समावेश हुन सफल भएकोमा आईएमई इलेक्ट्रिक टिमलाई बधाई दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






