नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म (आइतबारदेखि बुधबारसम्म) बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ।
साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ। चार दिनसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्नेछन ।
यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नेछन जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस. ७, एस. ७ एल, एल. ७ का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ ।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रिरोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुहुनेछ ।यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रोम्याक्स पाउनेछन् । रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ आउन लायकको बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।
पछिल्लो समयमा नेपाली अटोबजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको छ । आफ्नो डिजाइन र प्रविधिका कारण दिपललाई छोटो समयमै बजारले निकै रुचाएको छ भने नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







