एडिलेड (अस्ट्रेलिया), अस्ट्रेलियामा नेपाल चिनाउने मेलाका रुपमा चिनिएको ‘नेपाल महोत्सव’ विभिन्न राज्यमा मनाउने क्रममा यही आउँदो मार्च ९ तारिख एडिलेडको एल्डर पार्कमा आयोजना हुँदैछ ।
मुलुकको कला संस्कृति र रहनसहन अनि खानपिनका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्य बोकेको एडिलेडको महोत्सवको तयारी लगभग पूरा भइसकेको आयोजक एनआरएन साउथ अस्ट्रेलियाका संयोजक सन्जय पुरीले बताए।
एडिलेड महोत्सव मुख्य आकर्षणका रुपमा रहेको नेपालको कला संस्कृति र महत्वपूर्ण पर्यटकीय स्थल चिनाउने नेपाल हाउस निर्माणको तीव्र रुपमा अगाडि बढिसकेको छ, यति मात्र नभई आयोजनाका अन्य तयारी पनि लगभग पूरा भइसकेको छ ।
अष्ट्रेलियामा जन्मेका, हुर्केका नयाँ पुस्तासँंगै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्ताका युवा र अस्ट्रेलियन नागरिकका लागि नेपाल चिनारीको माध्यम बनेको यो नेपाल हाउस सदैव महोत्सवको केन्द्रबिन्दु बन्दै आएको छ ।
नेपाली परम्परागत बाजाहरु, ढिकी, जाँतो मात्र नभएर हलो र जुवासमेत दर्शकहरुले अवलोकन गर्न पाउनेछन् । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुङ्गेधारा, इनार, घर, बौद्ध चैत्य, मन्दिर पनि हाउसको मुख्य आकर्षक रहेको एनआरएन अस्ट्रेलियाका केन्द्रीय सचिव थिर गुरुङले बताए ।
एडिलेडको आफ्नै पहिचान बनेको नेपाली पंचे बाजा, मौलिक बाजासहित सांस्कृतिक वस्तुहरु प्रदर्शनीमा राखिने अनि नेपालको पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अतिथि सत्कार संयोजक विष्णु तिवारीले जानकारी दिए ।
महोत्सवमा गत वर्षमा प्रदर्शनीभन्दा फरक र केही अलग महत्वका विषयहरु कुमारी, एकसिँगे गैँडा, नेपाली मौलिकता झल्काउने रथ, चैत्यलगायत समेत आकर्षकणका रुपमा रहनेछन् ।
महोत्सवलाई यस पटक स्थानीय शैक्षिक परामर्शदाता बुमराङ इन्टरनेशनल एजुकेशन सेन्टरले फ्लीन्डर्स विश्वविद्यालयको सहकार्यमा मुख्य प्रायोजनको भूमिका निर्वाह गरेको छ । बुमराङका आशिष वाग्लेले नेपालीपन झल्काउने र नेपालीमन जोड्ने महोत्सवमा सहकार्य गर्न पाउनु आफ्ना लागि पनि खुसीको विषय हो बताए ।
महोत्सवलाई साउथ अस्ट्रेलियन सरकार, नेपाल राजदूतावास र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघ संस्था तथा व्यापारी घरानाहरुले पनि सहयोग गरेको कुरा एनआरएन साउथ अस्ट्रेलिया महिला संयोजक रिज्नु अधिकारीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





