काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरुको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो।
पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।
बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउनका लागि सुरु गरेको बताइएको छ ।
पर्यटनले प्रत्यक्ष(अप्रत्यक्षरूपमा हजारौँ श्रमिकहरूको रोजगारी सुनिश्चित गरेको छ, जसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





