
गण्डकी प्रदेशको मुटुमा अवस्थित पोखरा उपत्यका प्राकृतिक सौन्दर्यको खानी हो। फेवाताल, बेगनास, रूपाताल जस्ता प्रसिद्ध तालहरूले चर्चा पाईरहदा धेरैको ध्यान यिनै ठूला ताल तर्फ मोडिने गर्दछ । तर, यहि उपत्यकाको एक छेउमा रहेको मैदी तालको नाम कमै सुनिन्छ । प्राकृतिक सुन्दरताले गर्दा फ्रेसर देखिने यो ताल निकै मनमोहक छ । यस ताललाई ढुङ्गा हान्ने ताल भनेर पनि भन्ने गरिन्छ ।
मैदी ताल कास्की जिल्लाको पोखरा, लेखनाथमा अवस्थित छ । पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रमा अवस्थित यो ताल सानो तर महत्त्वपूर्ण ताल हो । यो ताल भन्दा साना तालमा गुन्दि र निउरेनि ताल पर्दछन् । सामुद्रिक सतहबाट करिब ८२७ मिटरको उचाइमा अवस्थित छ। यसको क्षेत्रफल १.६ वर्ग किलोमिटर रहेको छ । पानिको क्षेत्र ०.४ प्रतिशत (०.००७ वर्ग किलोमिटर) रहेको छ । यो ताल वेगनास र रुपा तालभन्दा पश्चिममा र गुँदे, दिपाङ्ग, खाष्टे र न्युरेनी तालभन्दा पूर्वमा रहेको छ । पोखराबाट पुर्वि क्षेत्रमा छ ।
यो तालको उत्तर तर्फ माछापुर्छ्रे र अन्नपुर्ण हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । विभिन्न चराचुरुङ्गी, हरियो जंगल एवम् शान्त वातावरणले गर्दा मनमा आराम महशुस हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचार प्रसारको अभाव, पोखरा शहरबाट टाढा एवम् अन्य ठुलातालहरू पोखरामा भएर यो तालको चर्चा कमै सुनिन्छ ।
मैदी तालको चारैतर्फ ड्याम लगाईएको छ । सवारी साधनबाट सहजै ताल परिक्रमा गर्न सकिन्छ । यो तालमा पानीले ढाकिएको क्षेत्र भन्दा विभिन्न जलचर बनस्पति तथा घाँसले ढाकेको क्षेत्र धेरै छ । यो तालको कतिपय भागहरू सिमसार जस्तो देख्न सकिन्छ ।
यो ताल Lake Cluster of Pokhara Valley भित्र पर्छ, जुन युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउने प्रस्तावमा रहेको छ। तालको वरिपरि हरियाली, मौनता र प्राकृतिक सुन्दरता पाइन्छ, जसले यसलाई ध्यान, विश्राम र प्रकृतिसँग संवाद गर्ने उपयुक्त स्थल रूपमा विकाश गर्न सकिन्छ ।
मैदी तालको जैविक महत्व उल्लेखनिय छ। यहाँ विभिन्न चराचुरुङ्गीहरू, साना जलचर, झाडी तथा वनस्पति पाइन्छन् । यो ताल चराचुरुङ्गी सम्बन्धी अध्ययन गर्ने र चराचुरुङ्गी मनपराउनेहरूको लागि विशेष स्थान बन्न सक्दछ ।
रातो जुनबकुल्ला, सिमकुखुरा, वन रूपि, सानो माटिकोरे, बकुल्ला, सेतो कण्ठे माटिकोरे, सिलसिले, चाईनिज पोण्ड, ब्याल्यक बिटन हिरोन, सौठे सुगाँ, सानो माछामार, विभिन्न हाँस प्रजातिहरू, कम हाँस, काँडे भ्याकुर, खरानि बकुल्ला, लिटिल ग्रिबि, ठुलो पानि काग, लगायत धेरै थरिका लोपउन्मुख चराचुरुङ्गीहरू विभिन्न समयमा यहाँ देखा पर्छन् ।
पोखरा क्षेत्रको जैविक विविधता कायम राख्न मैदि तालले सहयोग पुर्याएको छ। यो ताल एकतर्फ बनजंगल र अन्यतर्फ पातलो बस्तिले घेरेको छ । ताल आसपासका गाउँका बासिन्दाहरू यसको संरक्षणमा सक्रिय छन्।नयाँ वर्षको पहिलो दिन यो ताँलको पानिले नुहाउने प्रचलन रहिआएको छ । तर, पछिल्ला वर्षहरूमा मैदि ताल गम्भीर संकटमा परेको छ।मानव बस्ती विस्तार, प्लास्टिकजन्य फोहोर, जलनिकासको समस्या, अव्यवस्थित डोजरको प्रयोगले गर्दा तालको आकार र स्वरूपमा कतै परिवर्तन हुने त होईन चिन्ताको विषय बनेको छ।
विस्तृत अध्ययन गरि समग्र तालको विकासको लागि ताल संरक्षण, आवश्यक भौतिक संरचना निमार्ण साथै तालको सुन्दरता बढाउन सरसफाइ लगाएतका कामहरू गर्नु पर्ने देखिन्छ । माछा पालनको नाममा भएको जलस्तर नियन्त्रण र ड्याम निर्माणले पनि यसको प्राकृतिक स्वरूपमा क्षति पुर्याएको छ।
यस तालको संरक्षण र व्यवस्थापनको प्रयास गरिएन भने यो महत्वपुर्ण प्राकृतिक सम्पत्तिले क्रमश आफ्नो क्षेत्र गुम्ने खतरा प्रस्ट देखिन्छ। स्थानीय बासिन्दा, संघसंस्था, नगरपालिका र सरोकारवालाहरूबीचको सहकार्यमा यस तालको संरक्षणमा झुट्न पर्ने देखिन्छ ।
ताल वरिपरि पदमार्ग निर्माण, इको–टुरिज्म प्रवर्द्धन, जलचर सम्बन्धि वैज्ञानिक अनुसन्धान केन्द्र को रूपमा विकास गर्ने हो भने यो तालको झनै महत्व थपिनेछ।तालको एकतर्फ घना जंगल र पानि प्रशस्त हुने भएर पनि बन्यजन्तु संरक्षण क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना पनि रहेको छ। पर्यटन मात्र होइन, शिक्षा र अनुसन्धानको केन्द्रको रूपमा पनि ताललाई विकास गर्न सकिन्छ। यस तालको आशपासमा होमस्टे तथा होटलहरूपनि क्रमश विस्तार हदै गईरहेका छन् ।
मैदि ताल हेर्दा सानो लाग्न सक्छ, तर यसको वातवरणिय तथा पर्यटकिय मूल्य, सौन्दर्य र सम्भावना अन्य तालभन्दा कम छैन। यो ताल मौन छ, तर यसको मौनता भित्र प्रकृतिको गहिरो सन्देश लुकेको छ। मैदि ताललाई संरक्षण गर्नु भनेको पोखराको प्राकृतिक भविष्यलाई सुरक्षित गर्नु हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू