काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT), Payment Card Industry Security Standards Council (PCI SSC)को दक्षिण एशिया क्षेत्रीय बोर्ड (Regional Engagement Board) को सदस्यका रूपमा चयन भएको छ ।
यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था (SCT) रहेको छ भने (SCT) का अतिरिक्त Google Inc, National Payments Corporation of India (NPCI), Euronet USA LLC जस्ता भुक्तानी क्षेत्रका ठूला सँस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ ।
Payment Card Industry Security Standards Council (PCI SSC) एक विश्वव्यापी मञ्च हो, जसले PCIDSS लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवद्र्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ ।
भारत–दक्षिण एशियामा पहिलो पटक गठन भएको यस क्षेत्रिय बोर्ड मार्फतPCI Security Standards Council (PCI SSC) ले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी सहकार्यलाई थप विस्तार गरेको छ ।
क्षेत्रीय संलग्नता बोर्डमा SCT को भूमिका
क्षेत्रीय संलग्नता बोर्ड (REB) का सदस्यका रूपमा, SCTले निम्न भूमिकाहरू निर्वाह गर्नेछ -
- दक्षिण एशियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौतीहरू र अवसरबारे PCI SSC लाई परामर्श प्रदान गर्ने।
- मापदण्ड र कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिने ।
- दक्षिण एशियाभरPCI SSC का मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने ।
स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे भन्नुहुन्छ “हामीलाई यो प्रतिष्ठित विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस भइरहेको छ । यस सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने SCT को प्रतिबद्धतालाई पुष्टि गर्दछ । हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञता मार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तात्पर छौँ ।”
क्ऋत् को बारेमा
स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड SCT नेपालको पहिलो डोमेस्टिक कार्ड नेटवर्क तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त संस्था हो । सन् २००१ मा स्थापित यो सँस्थाले कार्ड सेवाका अतिरिक्त QR तथा अन्य डिजिटल भुक्तानीका सेवा मार्फत २३ बैंक तथा वित्तीय सँस्था, १० भुक्तानी सेवा प्रदायक तथा ८० भन्दा बढी सहकारी सँस्था मार्फत लाखौँ सर्वसाधारणलाई सेवा पुर्याउँदै आइरहेको छ ।
वित्तीय समावेशीकरण, नवप्रवर्तन, र डिजिटल रूपान्तरणमा ध्यान दिँदै SCT ले नेपालको डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







