
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
अर्जुन राज खनिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे
- पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एससिटी युनियन पे कार्ड सेवा सुरु
- आहा ! मुन्दुम... आहा ! मुन्दुम पदमार्ग.....
- ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई
- कोशी प्रदेशको शान पदमार्गमा आधारित पर्यटन
- नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा रिक्वेरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन
- नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि लिफ प्लससँगको सम्झौतामा २० प्रतिशतसम्म छुट