हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा विहानैदेखि बाख्लो हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।
हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बिहानै कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसाधन आवतजावतमा समस्या भएको हो ।
मोटरसाइकलमा सवार यात्रुलाई खिङ्गा क्षेत्रमा रोकिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताए । वडा अध्यक्ष गुरुङले भने, ‘‘अहिले तीर्थालु मन्दिरमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ, हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत बनाएका छौं ।’’
हिमपातले मुक्तिनाथ मन्दिरलाई छपक्कै छोपेको छ भने आसपासको क्षेत्र सेताम्मे भएको मन्दिरका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । मन्दिरमा रहेको १०८ धारा, कुण्ड लगायतका क्षेत्र हिउँले छोपेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा हाइअल्टिच्युड हुने सम्भावनालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टरलाई तयारी अवस्थामा राखेको छ भने उपल्लो मुस्ताङ क्षेत्रमा जाने सवारीसाधनलाई कागबेनी क्षेत्रमा सचेत बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि तत्काल नजान अनुरोधसहित सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
कागबेनीदेखि मुक्तिनाथ मन्दिर जाने सडकखण्डका बस्तीमा समेत हिमपात भएकाले सवारीसाधन दुर्घटनाको जोखिमसमेत हुने प्रजिअ भुषालको भनाइ छ । मङ्गलबार बिहानैदेखि उपल्लो मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






