• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

मुक्तिनाथ विकास बैंकको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंक लि. ले मिति २०८२ कार्तिक १५ गतेका दिन पोखरामा आफ्नो उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

उक्त साधारण सभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।   

बंैकका सञ्चालक समितिका अध्यक्ष श्री खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंककोे चुक्ता पूँजी रु ९,००,०३,८८,७६७.११ (अक्षेरेपी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा मात्र) पुराउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु  समेत स्वीकृत गरेको छ । यसै सभाबाट आ.व. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । 

साथै, साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष श्री खिम प्रकाश मल्लले गर्नु भएको थियो । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य श्री भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । 

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले थप प्रष्ट पार्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै