राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १,००० रूपैयाँ अंकित दरको ३०,००,००० कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र "6% RBBL Debenture 2089" को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो सम्बन्धमा सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गर्नुभएकोछ ।
सम्झौतामा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु.३ अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ जस मध्यको ६० प्रतिशत अर्थात १८,००,००० कित्ताले हुन आउने रु.१ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर (Private Placement) र ४० प्रतिशत अर्थात् १२,००,००० कित्ताले हुन आउने रु. १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणहरुका लागि निष्काशन गरिनेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालको एक अग्रणी सरकारी वाणिज्य बैंक हो जसले देशभरका ३१० शाखा मार्फत आधुनिक बैंकिङ्ग र वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो सेवाहरुलाई प्रविधिमैत्री बनाउंदै छिटोछरितो रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । "तपाईको आफ्नै बैंक" भन्ने नारालाई सार्थक बनाउन बैंक हरदम लागि परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







