लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आउनु भएका किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल हुनुभएकोमा विकास बैंकले आज मिती २०८२ कार्तिक २३ गते सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गर्नु भयो ।
किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ हुनुहुन्छ ।
उहाँको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औं पटक आरोहण गरेको जानकारी दिनुभयो । उहाँको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि.सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






