एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट 

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।  
 

यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । 

उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै