यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा।लि।को एकाधिकारमा रहेको "ECOPANEL" ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय गरेको छ।
कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा।लि। विरुद्ध दायर उजुरीका आधारमा उद्योग विभागले पहिलोपटक मिति २०७९/०४/११ तथा दोस्रोपटक मिति २०८०/०७/२० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। सोही प्रकरणमा उद्योग विभागले मिति २०८२/०३/३० मा "ECOPANEL" ट्रेडमार्क कम्पनीको एकल स्वामित्व र हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको छ।
अन्तरकालीन आदेशको कार्यान्वयनका लागि विभागले मिति २०८२र०६र३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं र विपक्षी इको प्यानल नेपाल प्रा।लि।लाई पत्राचार गरेको छ।
यसर्थ, विभागको आदेश र निर्णयको पूर्ण पालन गर्दै कम्पनीको स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि प्रकारको उत्पादन, प्रचार–प्रसार, बिक्री तथा वितरण गतिविधि नगर्न–नगराउन सम्बन्धित सबै पक्षलाई सार्वजनिक रूपमा सूचित गरिन्छ।
प्रचलित कानुन विपरीत यस ट्रेडमार्कको अनधिकृत प्रयोग वा दुरुपयोग गर्नेरगराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने व्यहोरा समेत स्पष्ट पारिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





