नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ। यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो।
सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा प्राप्त गर्न सकिन्छ।
विशेष रूपमा २०० Mbps वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन्।
साथै, यिनै २०० Mbps वा सोभन्दा माथिको प्याकेजहरूमा Priority Serveको साथमा ‘Same Day Support’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।
इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले Mesh Router पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ३,००० पर्ने मेश राउटर अहिले रु. २,५०० मा पाइनेछ।
भायानेटका अनुसार नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ ले ग्राहकलाई छिटो र भरपर्दो सेवाको अनुभव दिनेछ। नयाँ तथा पुराना दुवै ग्राहकका लागि यो प्याकेज उपयोगी हुने कम्पनीको दाबी छ।
थप जानकारीका लागि भायानेटको वेबसाइट vianet.com.np/superhitinternetpack वा भायानेटका सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





