नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाडौंमा आज वाकाथन कार्यक्रम आयोजना गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्धारा काठमाडौंको जमलस्थित चेम्बर भवनबाट शुुरु भएको वाकाथन कार्यक्रम रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हु“दै झो“छेमा गएर समापन भएको थियो ।
हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरु, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करिव ३ सय जनाको सहभागिता रहेको थियो ।
चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सवैभन्दा पुुरानो संस्था चेम्बरले स्थापनाको ७५ औं वर्षगा“ठलाई भव्य रुपले सम्पन्न गर्न यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुुभयो ।
वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि पनि यस्ताखाले कार्यक्रमहरु आयोजना गरिएको बताउनुुभयो ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाडौंका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरुको पर्वद्धन गर्न महत्वपूूर्ण भएको बताउनुुभयो ।
चेम्बरको शिक्षा तथा खेलकुुद समितिका सभापति रुपक राजवंशीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिनुुभयो ।
साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






