काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ । विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको हो ।
वैशाख १६ गते एक कार्यक्रमका बीच यस बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले उक्त विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेका थिए ।
फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यस बैंकले व्यवसायिकका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन



ट्रेन्डिङ
खबरमुकाम






