काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि सार्वजनिक गरिएको विनमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिmत्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ १२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २३ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६१ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मोरङको लेटाङस्थित शिवशक्ति बाबा धामः धार्मिक पर्यटनको हब बन्दै
- त्यो झापा: औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार
- महाधिवेशनमा होमियो रास्वपा, आज १५०० वडामा अधिवेशन
- आजको मौसम, कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
- आजको विनिमयदर, कतिमा हुँदैछ किनबेच ?
- सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड
- वडासचिव भण्डारीलाई धम्की दिने खड्का पक्राउ
- वडासचिवलाई धम्की दिने खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन


ट्रेन्डिङ
खबरमुकाम





