काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यका साथ प्रति विद्यार्थी रु. ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।
स्व. लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाण्डौ कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई मिति २०८३÷०३÷१७ मा आयोजित एक कार्यक्रमका विच स्व. लक्ष्मण बाबु श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापक श्रीमती गिता काफ्ले मार्फत प्रदान गरिएको छ ।
साथै स्व. हरि प्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर विरगंज–०८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाहलाई बैंकका सञ्चालक श्याम सु्न्दर रुंगटामार्फत प्रदान गरिएको छ भने स्व. नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई बैंकका सञ्चालक सागर मल्लमार्फत प्रदान गरिएको छ ।
त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री अमर माध्यमिक विद्यालय, हेटौडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती ख प्रदेश प्रमुखमार्फत प्रदान गरिएको छ भने स्व. सीताराम प्रसाइ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री सिताराम सामुदायिक अंग्रजी विद्यालय, मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो । यस प्रकारको सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





