राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भ्रमित प्रलोभनमा परेर नठगिन अनुरोध गरेको छ । पछिल्ला दिनहरुमा केही अनधिकृत व्यक्ति तथा ठगी गिरोहले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाममा ग्राहकहरूलाई फोन गरी केवाइसी अपडेट गर्ने भन्दै ठेगाना, ईमेल, बैंक खाता नम्बर लगायत व्यक्तिगत विवरण माग्ने, ह्वाट्सएप, भाइबर र म्यासेन्जर जस्ता सञ्चार प्लेटफर्ममा कल गर्ने तथा अनधिकृत तवरले ओटिपी पठाई सो आटिपी माग्ने, स्क्रीन शेयर गर्न लगाउने, अनधिकृत एप इन्स्टल गर्न लगाउने, अनधिकृत लिङ्क पठाई क्लिक् गर्न लगाउने, झुटा अफर तथा योजनाको बारेमा बताई आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरू गरिरहेको सूचना बैंकलाई प्राप्त हुन आएको भन्दै यसतर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भ्रममा नपर्न आग्रह गरेको हो ।
यस सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा केवाइसी अपडेट होस् वा अन्य कुनैपनि प्रयोजनका लागि कहिल्यै पनि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई( बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने कुरा बैंक स्पष्ट पारेको छ ।
ग्राहकहरूलाई अनधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न अनुरोध गर्दै बैंकले यदि कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाईएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गरी जानकारी गराउन र बैंकको आफ्नै वेबसाइट www.rbb.com.np बाट प्रकाशित हुने बैंकका आधिकारिक सूचना मात्र फलो गर्न पनि अनुरोध गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन सम्पूर्ण ग्राहकहरूलाई आह्वान समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बझाङमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, १० जना घाइते
- आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको पनि निधन
- शंकराचार्यको उपस्थितिमा भोलि लेटाङमा माँ कालीको प्राणप्रतिष्ठा समारोह हुँदै
- गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन
- आफूले जे बोल्दा पनि ठीक, जनताले बोल्दाचाँहि किन बेठीक, बालेन सरकार ?
- विवादित अभिव्यक्तिपछि मन्त्री पुनको यू–टर्न, अन्तर्वार्तामा एक वर्षको विराम
- नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
- इरानसँग डराए डोनाल्ड ट्रम्प, आफ्नो हत्या गर्न लागेको दाबी

ट्रेन्डिङ
खबरमुकाम







