महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा काठमाण्डौंको ज्ञानेश्वरमा स्थापित कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहेको कार्यालय भवनको उद्घाटन गरेका हुन् । 

सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका व्यवस्थापन समितिका उच्च पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

डिजिटल बैकिङ्ग सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नितिलाई निरन्तरता दिँदै बैकिङ्ग सेवामा नविनत्तम अवधारणाको प्रयोगको रुपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको बैंकले जनाएको छ । जस अन्तर्गत ग्राहकले आरमदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लिियरिङ्ग गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको विशिष्ट अनुभव लिन सक्नेछन् । नेपालको बैकिङ्ग क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो भएको बैंकले दाबी गरेको छ । 

डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरु माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफि लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैकिङ्ग सेवा सम्वन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरुको लागि सिकाई र अनुभवको केन्द« बन्ने अपेक्षा बैकले लिएको छ ।

नेपाल राष्ट्र र्बैंकको Regulatory Sandbox  अवधारणालाई समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा ग्राहकहरुलाई प्रदान गर्न बैंकले प्रतिबद्धता जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै