काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पताल बीच सम्झौता भएको छ । गएको सोमबार बैंक र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेत बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता–पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीहरुका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पताल बीच सम्झौता
- अबदेखि भरी सिलिण्डर ग्यास पाइने, मूल्य कति ?
- सिंहदरबारको गेटमै अनेरास्ववियुको प्रदर्शन, अध्यक्षसहित ७ जना पक्राउ
- सरकारको कार्यशैलीमाथि रास्वपा सांसदकै आपत्ति, सञ्चारगृहअघि गाडी तेर्स्याउने घटनाको छानबिन माग
- कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीको सामूहिक राजीनामा
- नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?
- इरानमाथिको सैन्य कारबाही जारी रहने ट्रम्पको चेतावनी, ऊर्जा पूर्वाधार पनि निशानामा पर्न सक्ने
- फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकप २०२६ को फाइनलमा

ट्रेन्डिङ
खबरमुकाम







