काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आर्थिक वर्षसँगै सरकारले ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट कार्यान्वयनमा आएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले गत १५ जेठमा सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा ४ खर्ब ३६ अर्ब रुपैयाँ बढी रहेको छ । सरकारले राजस्व संकलन वृद्धि, सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन तथा विकास निर्माणलाई तीव्रता दिने लक्ष्यसहित बजेट कार्यान्वयनमा ल्याएको हो ।
कुल बजेटमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत) चालु खर्चका लागि, ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) पुँजीगत खर्चका लागि र ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ ।
सरकारले बजेटमार्फत घोषणा गरेका अधिकांश नयाँ व्यवस्था आजदेखि लागू भएका छन् । यद्यपि भन्सार महसुल, अन्तःशुल्क तथा विलासिता करजस्ता केही करका व्यवस्था भने बजेट सार्वजनिक भएकै दिन अर्थात् १५ जेठदेखि लागू भइसकेका थिए ।
नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत वार्षिक आयकर छुटको सीमा १० लाख रुपैयाँ कायम गरिएको छ भने व्यक्तिगत आयकरको अधिकतम दर २९ प्रतिशत तोकिएको छ । साथै, सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि भएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम तत्काल क्यासब्याक हुने व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
त्यसैगरी, वैदेशिक मुद्रा सञ्चितिको प्रभावकारी परिचालनका लागि ‘सोभरेन वेल्थ फन्ड’ स्थापना गर्ने व्यवस्था गरिएको छ । राइड सेयरिङ सेवामा आबद्ध सबै व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) मा अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान पनि लागू भएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नयाँ शुल्क व्यवस्था कार्यान्वयनमा आएको छ । अब निजी विद्यालयको शुल्कमा ३ प्रतिशत समता शुल्क लाग्नेछ भने स्वास्थ्य संस्थाले उपलब्ध गराउने सेवामा पनि ३ प्रतिशत अतिरिक्त शुल्क लागू हुनेछ ।
सरकारले यी व्यवस्थामार्फत राजस्व संकलन बढाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने, कर प्रणालीलाई व्यवस्थित बनाउने तथा समग्र अर्थतन्त्रलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारले अराजकता र कानुनी राज्यको उल्लंघन गरिरहेको छः अध्यक्ष ओली
- सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
- सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल साधारण तारेखमा रिहा
- लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यले सम्हाले जिम्मेवारी
- नेपाल टेलिकमद्वारा विकट मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
- मिटरब्याज समाधानमा सरकार–आन्दोलनकारीबीच ६ बुँदे सहमतिको मस्यौदा
- महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५० लाख सहयोग

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
