काठमाडौं । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित ससः त्वा हस्पिटालिटी प्रा.लि. र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गत बुधबार बैंकका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेखबहादुर पुन कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस: त्वा हस्पिटालिटी प्रा.लि तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरिएको थियो ।
ससः त्वा हस्पिटालिटी प्रा.लि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुलाई खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन । सस ःत्वाको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओलीको चेतावनीः पार्टीभित्रको अनुशासनहीनता र अराजकता स्वीकार्य हुँदैन
- उपत्यकामा ग्यास लिन बिहानैदेखि उपभोक्ताको लामो लाइन
- देउवा पक्षको राष्ट्रिय भेलाः १५औँ महाधिवेशनको तयारीको जिम्मा सशांक कोइरालालाई
- ससः त्वा हस्पिटालिटी र प्रभु बैंकबीच छुटको सम्झौता
- उपभोक्ता अधिकार संरक्षण सम्बन्धी के छ कानुनी व्यवस्था
- व्यावसायिक संस्थामा राजनीति नगर्न सभामुख अर्यालको सुझाव
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै
- खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त



ट्रेन्डिङ
खबरमुकाम







