• वि.सं २०८३, कात्तिक १२ बिहीबार
  • Thursday, 29 October, 2026
  • युनिकोड
  • Live

चीनमा कोइला खानी कम्पनीको भवनमा आगलागी हुँदा २६ जनाको मृत्यु

उत्तरी चीनको शान्क्सी प्रान्तमा रहेको एक निजी कोइला खानीको भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ७ बजे ल्युलियाङ सहरको लिशी जिल्लामा रहेको पाँच तले भवनको दोस्रो तल्लामा आगलागी भएको हो।

बिहीबार दिउँसोसम्म आगो नियन्त्रणमा लिइएपनि उद्धार कार्य भइरहेको उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ।  

दिउँसोसम्म मृत्यु हुनेको संख्या २६ पुगेको र ५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको बिबिसीले जनाएको छ।

शान्क्सी कोइला उत्पादनको आधारमा चीनको सबैभन्दा ठूलो प्रान्त रहेको बिबिसीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै