काठमाडौँ । पर्यटनको मुख्य सिजन लागेसँगै विदेशी सहित आन्तरिक पर्यटकको चहलपहल तीव्र बढेको हो । यसले पर्यटन व्यवसायमा निकै ठूलो उत्साह थपेको छ ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा करिब ८ लाख विदेशी पर्यटक नेपाल भित्रिइसकेका छन् । त्यसो त पछिल्लो अक्टोबर महिनामा मात्र एक लाख १७ हजारभन्दा बढी भित्रिएर पर्यटक आगमनमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।
नेपालको पर्यटन व्यवसाय कोभिड–१९ पूर्वकै अवस्थामा फर्किसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ को तुलनामा गत अक्टोबरमा १०४ प्रतिशतले पर्यटक आगमन रिकभरी भएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।
सन् २०१९ को अक्टोबरमा १ लाख १३ हजार ८१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । अक्टोबरसम्ममा करिब ८ लाख पर्यटक भित्रिसकेकोमा बाँकी नोभेम्बर र डिसेम्बरमा २ लाख पर्यटक सहजै आउने प्रवक्ता लामिछानेको भनाइ छ ।
‘हामी नोभेम्बरको करिब अन्तिममा छौँ । यो महिना पनि एक लाखभन्दा बढी पर्यटक आगमन भएको अनुमान छ । यद्यपि पूर्ण तथ्याङ्क आइसकेको छैन,’ लामिछानेले भने, ‘डिसेम्बरमा थप एक लाख पर्यटक सहजै भित्रिने हाम्रो अनुमान छ । यसो भयो भने १० लाखको सरकारी लक्ष्य सहजै पार गर्छौँ ।’
पर्यटन पूर्वाधार, पर्यटन गन्तव्यहरूको पहिचान र प्रचारप्रसारसँगै आकर्षणका नीति अपनाउन सके अझै पर्यटक बढ्ने प्रवक्ता लामिछानेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





