पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थिल इच्छाकामना मन्दिर परिसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाको अवसर पारेर यही मङ्सिर १५ र १६ गते विभिन्न कार्यक्रम हुने भएको हो ।
मेलाको अवसरमा पर्यटन प्रवर्द्धनका लागि म्याराथन प्रतियोगिता, चुड्का प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो ।
अध्यक्ष बोहोराले भन्नुभयो, “हरेक वर्ष लाग्ने पञ्चमी मेलाको अवसर पारेर यहाँ रहेका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि खुला म्याराथन प्रतियोगिता, चेड्का नाच प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौँ, यस मेलाको अवसरमा हुने विविध कार्यक्रमले इच्छाकामना मन्दिरसहित यहाँ रहेका पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्य लिएको छ ।” मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विद्याका कलाकारको प्रस्तुति पनि रहने उहाँले जानकारी दिनुभयो ।
म्याराथन प्रतियोगिताका संयोजक झलक गुरुङका अनुसार मुग्लिन बजारबाट इच्छाकामना मन्दिर सम्म ११ दशमलव ०४७ किलोमिटरको दूरीमा खुला म्याराथन प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु २० हजार नगद र द्वितीय हुनेले रु १० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बली चढाइने परम्परा रहेको छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ ।
केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रुपमा मनाउनका लागि सो दिन दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना देवीको सात दिदी बहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।
इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्न सकिन्छ भन्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ । इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको पर्यटकीयस्थल हो । समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुनरचैत ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म पनि देख्न सकिन्छ ।
मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको मन्दिर संरक्षणल समितिका अध्यक्ष बोहोराले बताउनुभयो । प्छिल्लो समय मनकामना, इच्छाकामना, छिम्केश्वरी र त्रिवेणीलाई चारधामको रुपमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय अभियानता तथा जनप्रतिनिधिले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





