मुकाम डेस्क । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभावका कारण तमिलनाडु र आन्ध्र प्रदेशका कयौं स्थानमा भारी वर्ष भइरहेको छ ।
आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।
भारतीय मौसम विभागका अनुसार ‘मिचाउङ’चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर सर्नेछ ।
राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।
वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र उडान आवागमन रोकिएको छ ।
विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको समाचारमा उल्लेख छ ।
स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






