चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ र यो छुट चाडपर्वको समयमा मात्र लागु हुनेछ, यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।
एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





